श्रावण २, २०८२ शुक्रबार July 18, 2025

गलेश्वर मन्दिर पित्तलले छाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेनी नगरपालिका–९ स्थित गलेश्वरको शिवालय मन्दिरको छाना फेरिने भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको शनिबार सम्पन्न १५औँ कार्यकारी सभाले मन्दिरको छानालाई पित्तलले छाउने निर्णय गरेको हो । मन्दिरको छाना छाउन कोषका आजीवन सदस्य रमेश शर्माले साधारणसभामा रु पाँच लाख ५५ हजार ५५५ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो ।

मन्दिरको छाना हाल सिमेन्टको छ । कोषका सदस्यसचिव माधवप्रसाद रेग्मीले बाँकी कोषको आन्तिरक स्रोतबाट मन्दिरको छाना परिवर्तन गरिने बताउनुभयो । शर्माका बुवा राधाकृष्ण पराजुलीले विसं २०५५ मा रु २० लाख खर्चेर मन्दिर निर्माण गर्नुभएको थियो । पित्तलको छाना राख्न रु २५ लाख लागत अनुमान गरिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रूपमा परिचित गलेश्वर म्याग्दीको प्रमुख धार्मिकस्थल हो । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरमा शिवालय मन्दिर छ ।

हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको उल्लेख छ । साउन महिनाको सोमबार, बालाचतुर्दशी र महाशिवरात्रि पर्वमा मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआज हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सभामा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले पुस मसान्तसम्म गत वर्षको समेत गरी रु दुई करोड ८६ लाख २० हजार ७२८ आम्दानी र रु १९ लाख ६७ हजार ८१४ खर्च भएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषको कूल बचत रु दुई करोड ६६ लाख ५२ हजार ९१३ बचत रहेको उहाँले बताउनुभयो ।

वनभोजस्थल निर्माण

वनको जैविक विविधतालाई पर्यटनसँग जोड्न बेनी नगरपालिका–१ सारेमारेमा वनभोजस्थल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयवासीको श्रमदानमा वनभोजस्थल निर्माण गरिएको हो ।

वन कार्यालयको रु तीन लाख ८४ हजार र समूहको रु एक लाख ५० हजार लगानीमा वनभोजस्थल बनाइएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एकेन्द्रबहादुर थापामगरले बताउनुभयो । अध्यक्ष थापाका अनुसार वनभोजस्थल निर्माण गर्न सारेमारेका ३० जनाले एक हप्ताका दरले श्रमदान गरेका छन् । सामुदायिक वनमा पर्यापर्यटन विकास गर्ने उद्देश्यले वनभोजस्थल निर्माण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार