श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सैनामैनामा पहिलो शैलपुत्री शक्तिपीठ बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देहीको सैनामैनालाई धार्मिक पर्यटनको रुपमा विकास गर्न यहाँका मठमन्दिरमा नयाँ योजना अघि सारिएको छ ।

नगरपालिकाको वडा नं ३ स्थित मुर्गियामा रहेको दुर्गा मन्दिरमा सम्भवत नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपीठ निर्माण गरिने निश्चित भएको छ । नगरपालिकाले त्यसका लागि आज रु २३ करोड ५० लाख बराबरको परियोजनाको डिपिआर प्रस्तुत गरेको छ । सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले दोस्रो पशुपतिनाथको नामले चिनिने सैनामैनालाई धार्मिक एवं पर्यटकीय गतव्यस्थलको रुपमा विकास गर्नका लागि शैलपुत्री शक्तिपीठले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनुभयो ।

उहाँले सो योजनालाई सम्पन्न गर्न स्रोत व्यवस्थापनका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समवन्य गरेर अघि बढ्ने बताउनुभयो । शक्तिपीठलाई बोलबम धाम, लामिरह, लुम्बिनीलगायत क्षेत्रसँग जोडेर बृहतरुपमा विकास गर्न सके यस क्षेत्रको कायापलट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

सैनामैना नगरपालिकाका योजना प्रमुख इञ्जिनीयर सुरज न्यौपानेले निर्माणाधीन शक्तिपीठको व्यवस्थित डिपिआर तयार गरिएको र धार्मिक पर्यटनको लागि आवश्यक सबै पूर्वाधार समेटिएको बताउनुभयो । दुर्गा माताको नौ रुप मध्येको पहिलो स्वरुप शैलपुत्री रहेको र उनको नामबाट नेपालमा यस प्रकारका शक्तिपीठ नभएको हँुदा सैनामैनामा बन्ने यस पीठ नेपालकै पहिलो हुने आचार्य पण्डित बिष्णुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

योजना सम्पन्न गर्न रु २३ करोड ५० लाख लाग्ने आर्किटेक कोमलबहादुर पुनले बताउनुभयो । बजेटको पूर्णप्रबन्ध भए करिब तीन वर्षभित्र आयोजना सम्पन्न हुने लक्ष्य छ । कूल दुई बिघा क्षेत्रफलमा यस पीठ फैलने छ भने मुख्य मन्दिर ८६५ वर्ग मिटरमा रहने छ । शैलपुत्रीको नवदुर्गा मध्ये प्रथम देवीको रुपमा पूजाआजा हुन्छ । पर्वतराज हिमालयको घर पुत्री रुपमा उत्पन्न भएकै कारण उनको नाम शैलपुत्री राखिएको बताइएको छ । नवरात्रि पूजनमा प्रथम दिन यिनकै पूजा र उपसना गरी नवरात्रिको शुभारम्भ गरिन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार