काठमाण्डौंः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ताका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
विप्लव नेतृत्वको नेकपाले मंगलबार एक विज्ञप्ती जारी गर्दै सरकारसँग वार्ताका लागि सहमत भएको र टोली गठन गरेको बताएको हो ।
जारी विज्ञप्तीअनुसार प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो । नेकपा विप्लव समूहको तर्फबाट ’प्रकाण्ड’ र उदय चलाउने ’दीपक’को नेतृत्वमा वार्ता समिति गठन गरेको जनाएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया