श्रावण २, २०८२ शुक्रबार July 18, 2025

‘रामानाम मानस महायज्ञ’ फागुन २१ देखि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानवकल्याण तथा धार्मिक सहिष्णुताको सन्देश दिन यही  फागुन २१ देखि आगामी चैत १ गतेसम्म बलान बिहुल गाउँपालिकामा ‘रामानाम मानस महायज्ञ’ हुने भएको छ ।

बलान बिहुल–४ बेल्हीमा हुने महायज्ञमा  नेपाल र भारत बिहारका करीब ५० हजार श्रद्धालुको दैनिक आगमन रहने यज्ञ समितिका अध्यक्ष शङ्कर गुप्ताले जानकारी दिए । घर फर्किन नसक्ने श्रद्धालुको खाना र बासको व्यवस्थापनसमेत गरिने जनाइएको छ ।

एक हजार जनाको कलशयात्राले शुक्रबार गाउँ परिक्रमा गरी यज्ञस्थल प्रवेश गरेपछि शनिबारदेखि यज्ञ प्रारम्भ हुने बताइएको छ । हवन कुण्ड, पसल कक्ष, विभिन्न घुम्तीमा प्रवेशद्वार र यज्ञस्थलसम्म जाने ग्राभेल सडकको निर्माण भइसकेको जानकारी दिँदै अध्यक्ष गुप्ताले शौचालय, खानेपानी, पार्किङको व्यवस्थापनको अन्तिम तयारी भइरहेको बताए ।

विभिन्न देवीदेवताका १५१ माटाका मूर्ति तयार गरिएको महायज्ञस्थलमा रामझुला, मौतका कुवाँ, सांस्कृतिक र साङ्गीतिक कार्यक्रम हुने आयोजक समितिले जनाएको छ ।गाउँपालिकाले दाल, चामल, तेलसहित साढे रु पाँच लाख र वडा कार्यालयले रु दुई लाखको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

भारत अयोध्या बरछौनीका डा मानस मधुकर मुख्य प्रवचक हुने महायज्ञका लागि वृन्दावनबाट गौतम रासलीला र रामलीला प्रस्तुत हुने छ ।  यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा यज्ञकर्ता रामरतन दासले महायज्ञबाट सामाजिक विकृतिको अन्त्य तथा मानवता र आम्तीयतासहितको मानव समुदाय विकसित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार