असार २८, २०८२ शनिबार July 12, 2025

ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने सर्वोच्चको फैशला (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिने फैशला गरेको छ ।

सर्वोच्चका न्यायाधीसद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।

ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै सर्वोच्च अदालतमा दुई बर्ष अगाडी हालेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले ऋषि कट्टेलको नेपाल कम्युिनस्ट पार्टी  (नेकपा)लाई आधिकारिकता दिएको हो । यो सँगै अब ओली र प्रचण्ड नेतृत्वमा रहेको नेकपालाई भने खारेज  गरिदिएको छ।

माओवादी र एमाले एकता पछि बनेको नेकपा निर्वाचन आयोगमा दर्ता भएपछि कट्टेलले सर्वोच्चमा रिट दायर गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया