असार २१, २०८२ शनिबार July 5, 2025

संसद्लाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाबाट पुनःक्रियाशिल भएको प्रतिनिधिसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा सांसदहरूलाई स्वागत गर्दै त्यस निम्ति योगदान गरेका सम्पूर्ण निकायमा बधाई ज्ञापन गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो लिखित मन्तव्यमा उहाँले लोकतन्त्रको सार्वभौम मान्यता, संविधानको मर्म र भावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापना गर्ने ऐतिहासिक फैसलाका लागि सर्वोच्च अदालतप्रति आभार प्रकट गर्नुभएको छ ।

जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो पुनः स्थापित भएका सुखद् अवसरमा उहाँले सदस्य एवं सभालाई क्रियाशील बनाउन योगदान गर्ने सबैलाई बधाई ज्ञापन गर्नुभएको छ । सभामुखले भन्नुभएको छ, “ऐतिहासिक फैसलाका लागि सम्मानत सर्वोच्च अदालतप्रति आभार प्रकट गर्दछु । यस ऐतिहासिक फैसलाबाट संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार प्राप्त सर्वोच्च अदालतप्रति आम जनताको भरोसमा वृद्धि भएको छ ।”

प्रतिनिधिसभाको जीवनमा उल्लेखनीय मोड निकै कम हुन्छन् भन्दै सभामुखले हामी त्यस्तै ऐतिहासिक समयको साछी भएका छौँ भन्ने आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएको छ । उहाँले फागुन ११ सँगै आजको दिन पनि इतिहासमा स्मरणीय रहने बताउनुभयो ।

संविधानले शक्तिपृथक्कीकरणको सिद्धान्तलाई अबलम्वन गर्दै उहाँले शक्ति सन्तुलन र नियन्त्रणसहित संवैधानिक सर्वोच्चता स्वीकार गरेको र प्रतिनिधिसभाको पुनः क्रियाशिलतासँग यो मान्यता अझ स्थापित भएको बताउनुभयो ।

“सम्मानित सर्वोच्च अदालतको फैसलाले संविधानमा प्रतिनिधिसभाको पूर्ण कार्यकाल र त्यसमार्फत स्थिरताको जुन परिकल्पना गरेको थियो, त्यो स्थापित भएको छ”, सभामुखले भन्नुभएको छ, “सर्वोच्च अदालतबाट भएको यसको विहङ्गम व्याख्या मात्र भएको छैन, भविष्यमा जनताको नेतृत्व गर्नेलाई मार्गदर्शन पनि गरेको छ ।”

राष्ट्रिय राजनीतिमा उत्पन्न उल्झन जनताको सार्वभौमसत्ता सम्पन्न निकायबाट सम्वाद र बहसमार्फत सुल्झाउनुपर्छ भन्ने संविधानको मर्म र भावना उज्यालिएको उहाँको भनाइ छ । उहाँले संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को सातौँ अधिवेशन शुरु गर्न गृहकार्य चलिरहँदा अप्रत्यासित रुपमा गत पुस ५ गते प्रतिनिधिसभा बैठक अवरुद्ध गरिएको स्मरण गर्नुभयो ।

प्रतिनिधिसभाको सातौँ अधिवेशनसम्म आइपुग्दा नेपालको संविधान र प्रतिनिधिसभा नियमावलीले व्यवस्था गरेको आफ्नो नियमित काम गर्नुका साथै संविधान कार्यान्वयन गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थतागत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा पुनःक्रियाशिल भएसँगै हामीमाथि इतिहासले केही गहन जिम्मेवारी पनि थपेको उल्लेख गर्दै सभामुखले भन्नुभएको छ, “केही वृत्तबाट विगतका विसंगतपूर्ण अभ्यास दोहोरिने आशङ्का उत्पन्न भइरहेको सन्दर्भमा यस सभालाई जीवन्त, गतिशिल र थप जनमुखी बनाउन सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दल एवं माननीय सदस्यको भूमिका महत्वपूर्ण हुन्छ ।” राजनीतिक स्थायित्व र जनताको समृद्धिको चाहनालाई सम्बोधन गर्न यो सभा आफ्नो जिम्मेवारी निर्वाहमा सफल हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार