असार २१, २०८२ शनिबार July 5, 2025

बीउविजनसम्बन्धी विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले सो विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।

यसअघि सो विधेयकमाथि बैठकमा भएको छलफलमा प्रदेशसभा सदस्य बलबहादुर सोडारी, डिल्लीराज पन्त र मानबहादुर धामीले भाग लिनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री चौधरीले आगामी तीन वर्षमा प्रदेशलाई विभिन्न बालीको बीउविजनमा आत्मनिर्भर बनाउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

बैठकको प्राम्भमा समसामयिक विषयमा बोल्न दिइएको शून्य समयमा प्रदेशसभा सदस्य पूर्णा जोशीले प्रदेशमा पछिल्ला दुई वर्षयता महिला तथा बालबालिकामाथि हत्या, हिंसा जस्ता घटना बढ्दै गएको भन्दै यस्ता घटना हुन नदिन विगतमा मुख्यमन्त्रीबाट साझा कानून ल्याउन गरिएको प्रतिबद्धता कार्यान्वयन गर्न ध्यानाकर्षण गराउनुभयो । उहाँले बैठकको विषेश समय र शून्य समयमा उठान भएका विषयको सम्बोधन गर्न पनि माग गर्नुभयो ।

प्रदेशसभा सदस्य शान्ति नेपालीले प्रदेशमा दैनिक उपभोग्य सामग्रीमा बढ्दै गएको महङ्गी नियन्त्रण हुन नसक्दा गरीब जनतामा पीडा थपिँदै गएको भन्दै महङ्गी नियन्त्रणमा पहल गर्न माग गर्नुभयो । उहाँले महिलामाथि भइरहेका हिंसाका घटना रोक्न आवश्यक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य सुशीला बुढाथोकीले यही फागुन २२ गते धनगढीको फर्निचर उद्योगमा भएको आगलागीबाट धनमालको नोक्सानी भएको भन्दै पीडितलाई राहत दिन र कैलाली जिल्लामा रहेको हुलाकी राजमार्गको स्तरोन्नति गर्ने गराउनेतर्फ ध्यान दिन माग गर्नुभयो । सभामुख अर्जुनबहादुर थापाले विशेष र शून्य समयमा उठान भएका विषय सम्बोधनको व्यवस्थाका लागि ‘रुलिङ’ गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार