असार २७, २०८२ शुक्रबार July 11, 2025

भारतमा एकैदिनमा यो वर्षकै धेरै कोरोना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या शनिबार यो वर्षकै सबैभन्दा धेरै देखिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार भारतमा २४ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । योसँगै भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ३३ हजार ७२८ पुगेको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिबार सङ्क्रमितहरुको सङ्ख्या गत ८३ दिनपछिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । यसअघि योभन्दा धेरै गत डिसेम्बर २० तारिखमा २६ हजार ६२४ जना सङ्क्रमित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म एक लाख ५८ हजार ४४६ जनाको मृत्यु भएको छ ।

तीमध्ये १४० जनाको शनिबार बिहान ८ बजेभन्दा अगाडि पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले दुई लाख दुई हजार २२ जना सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ९६.८२ प्रतिशत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया