काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आज बसेको केन्द्रीय कमिटी बैठक भोलि विहान ११ बजे बस्नेगरि सम्पन्न भएको छ । आजको बैठकमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्टिङ गरेका थिए।
बैठकमा प्रदेश १ बाट सावित्री भुसाल, २ बाट विश्वनाथ साह, बागमती प्रदेशबाट नारायण दाहाल, गण्डकी प्रदेशबाट हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट ओनसरी घर्ती, कर्णाली प्रदेशबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेको प्रवक्ता श्रेष्ठले बताए ।
आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा छलफल भएपनि निश्कर्षमा नपुगेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाले गर्दा अहिले समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको उनको भनाई थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया