काठमाण्डौंः सत्तारुढ नेकपा एमालको शीर्ष नेताहरुबीच बिहानैदेखी भेटवार्ता भएको छ । करिब चार महिनापछि आज पार्टीभित्र देखिएको विवाद समाधानका लागि एमालेका दुवै समुह (केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्ष) बीच भेटवार्ता भएको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ः२५ बजेदेखी जारी बैठकमा पार्टीमा देखिएको विवाद मिलाउनमा केन्द्रीत रहेको बताईएको छ ।
संयुक्त बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, उपप्रधान एवं महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री एवं उपमहासचिव बिष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली, उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष भिम रावल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल लगायत शीर्ष नेताहरुको उपस्थिति रहेको छ । बैठकमा बामदेब गौतम र झलनाथ खनालको भने उपस्थिति रहेको छैन ।
संवैधानिक निकायमा एकपक्षिय नियुक्तीबाट शुरु भएको आन्तरिक विवादले झण्डै झण्डे एमाले विभाजनको संघारमा रहेका बेला भएको संयुक्त भेट्वार्तालाई नेपाली राजनितीमा चासोका साथ हेरिएको छ। यसअघि यी नेताहरुबीच कात्तिक तेस्रो सातातिर भेट भएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया