श्रावण ५, २०८२ सोमबार July 21, 2025

काँग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकताः वरिष्ठ नेता पौडेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई बलियो बनाउन सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेलामा वरिष्ठ नेता पौडेलले मनोमानी ढङ्गले पार्टी सञ्चालन गर्दा थिति बस्न नसकेको जिकिर गर्नुभयो ।

महामन्त्री डा. शंशाक कोइरालाले काँग्रेसको मूल नेतृत्व नबदलेर कांग्रेस सुदृढ हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले एकताबद्ध काँग्रेसले मात्र मुलुकलाई उचित निकास दिनसक्ने बताउनुभयो ।

केन्द्रिय सदस्य डा.शेखर कोइरालाले १४ औं महाधिवेशनपछि कांंग्रेसका नेता कार्यकर्ताले अन्याय सहनु नपर्ने दाबी गर्दै सहमति, सहकार्य र एकताबाट सुदृढ कांग्रेस निर्माण हुने बताउनुभयो ।

केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले मुलुक अब ढिलो चाँडो निर्वाचन उन्मुख भएको भन्दै संविधानको बाटो भएर कांग्रेस चुनावमा जाने स्पष्ट पार्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया