श्रावण ५, २०८२ सोमबार July 21, 2025

एमाले संसदीय दलको बैठक आज बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सतारुढ दल नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।

समसायिक परिस्थितिबारे, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टीको समस्याहरूलाई कसरी निराकरण गर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भट्टराईले जानकारी दिए ।

‘पार्टीभित्र केही विषम् परिस्थिति उत्पन्न भएको छ । संसद्‌मा पनि त्यसको प्रभाव परेको छ । कसरी एक ढिक्का बनाउने भन्ने भन्ने विषयमा छलफल हुनेछ’ उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया