श्रावण ३, २०८२ शनिबार July 19, 2025

बिस्केट जात्राको रथ बनाउने कार्य शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ ।

यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्राङ्गणमा भैल खः बनाउन शुरु गरिएको हो । भैल खः करिब ३० फिट अग्लो तीन तले प्यागोडाशैलीको हुने गर्छ ।

गत वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैल खः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैल खः निर्माण बीचमै रोकिएको थियो ।

यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै भैल खः निर्माण थालिएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आन्नदप्रसाद कर्माचार्यले जानकारी दिए । उनले भने, “गएको वर्ष कोरोनाको महामारीले जात्रालाई औपचारिक पूजाआजामा सिमित गरेका थियौँ, यो वर्ष जात्रालाई विधिवत्रूपमा सञ्चालन गर्न समयमै सबै कार्य सम्पन्न गर्न अहिले नै रथ निर्माण कार्य अगाडि बढाइएको हो ।”

अहिले भक्तपुरको टौमढीमा दैनिक आधा दर्जनभन्दा बढी सिकर्मी भैल खः निर्माण गर्ने कार्य सम्पादनमा व्यस्त छन् । रथको अगाडि बेताल देवता विराजमान गराउने बेतसिं बनाउने कार्य सम्पन्न भइसकेको छ । भैल खः बनाउने नाइके प्रेमलाल शिल्पकारले यसवर्ष भैल खःको पाङ्ग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुने बताए । भैल खःको बाहिरी ढाँचा चैत १२ गतेसम्म तयार गर्ने लक्ष्य रहेको उनले बताए । भैल खः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।

भैल खः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख कर्माचार्यले जानकारी दिए । “जात्राका लागि सबै आवश्यक काठका साथै लिङ्गो ठड्याउने काठसमेत यही सातामै ल्याउने तयारी पूरा भइसकेको छ”, उनले भने । यो वर्ष गत वर्षको काठका साथसाथै नयाँ काठको पनि प्रयोग हुने उनले बताए । “यो वर्ष करिब ४० प्रतिशत नयाँ काठ प्रयोग हुनेछ”, उनले भने ।

भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवत्को नयाँ वर्ष शुरु हुनु चार दिनअघि साँझ भैल खः तानेर बिस्काः जात्रा शुरु गरिन्छ । यो वर्ष चैत २८ गते भक्तपुरमा बिस्काः जात्रा शुरु हुनेछ । चैत महिना ३० को छ भने २७ गते र ३१ को छ भने २८ गते रथ तान्ने प्रचलन छ । बिस्काः जात्रा नयाँ वर्षको वैशाख ५ गते सम्पन्न हुन्छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार