काठमाण्डौंः नेकपा एमालेको (माधव र झलनाथ) पक्षमा रहेका सबै सांसदहरु अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जाने भएका छन् ।
ललितपुर को सानेपा स्थित हेरिटेज बैङकेट सानेपा हाइटमा एमालेको (माधव र झलनाथ) समुहका शिर्ष नेताहरुबीचको छलफलपछि बालुवाटारकै बैठकमा सहभागी हुन जाने निष्कर्षमा पुगेका हुन् । स्थायी कमिटीमा रहेका सदस्यहरुबाहेक सबै सांसदहरु संसदिय दलको बैठकमा सहभागी हुन जाने निर्णय भएको सांसद दीपकप्रकाश भट्टले जानकारी दिए ।
प्रधानमन्त्री निवाश बालुवाटारमा ११ बजेपछी नेकपा एमालेको संसदीय दलको बैठक बोलाईएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई पनि बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया