श्रावण ५, २०८२ सोमबार July 21, 2025

माधव नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटीको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आउनुभएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेका पूर्व महासचिव समेत रहनुभएका नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको निर्णयबाट नेकपा एमाले पुनर्स्थापित भएपछिका गतिविधिहरूको समीक्षा गरी समानान्तर गतिविधि सञ्चालन गर्नमा मुख्य भूमिका देखिएका ४ जना नेताहरू सँग स्पष्टीकरण सोध्ने र सो समूहमा लाग्ने अन्य नेताहरूलाई आत्मसमिक्षा सहित पार्टीमा फर्कन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

यसैगरी बैठकले नेकपा एमाले संसदीय दलको आजै बसेको बैठकले पारित गरेको संसदीय दलको विधान अनुमोदन गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया