श्रावण ५, २०८२ सोमबार July 21, 2025

वाइसिएलले थाल्यो सदस्यता नवीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौँमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष सापकोटाको भनाइ छ ।

वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भङ्ग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।

वाइसिएलले सङ्गठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १६१ सदस्य हुने तय गरेको महासचिव सुवोधराज शेर्पालीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया