असार २२, २०८२ आइतबार July 6, 2025

काँग्रेसले हतारमा प्रधानमन्त्री ओलीविरूद्व अविश्वासको प्रस्ताव दर्ता गर्दैन : चिनकाजी श्रेष्ठ (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईँको पार्टी अहिले कता छ ?

खोई, काँग्रेस कता छ तपाईँलाई थाहा होला ।

नेपाली काँग्रेसको भूमिका देखिएन नि ?

नेपाली काँग्रेसले अब हतारमा निर्णय गर्नुपर्ने जरुरी छ र त्यस्तो ?

काँग्रेसले केही निर्णय गर्न सकेन ? केपी शर्मा ओलीको सरकार ढाल्ने कि राख्ने त ? यहाँको विचार के हो ?

केपी शर्मा ओलीको सरकार ढाल्ने भन्दापनि तपाईँको बहुमतको सरकार छ । किनभने नेकपा माओबादी केन्द्रको समर्थन अहिलेसम्म छ । उहाँहरुले यो फिर्ता लिनुभएको छैन । जुन बेलामा केपी ओलीलाईँ उहाँहरुले सर्मथन गरेर प्रधानमन्त्री बनाउनुभएको थियो, त्यही अवस्था अहिले छ । बहुमतको सरकार हुँदाहँुदै अहिले हामीले एकदम हतार गरेर बढो पदको एकदम आकाँक्षा राखेर त्यो दौडिहाल्नुपर्ने अवस्था छैन ।

त्यसो भए शेरबहादुर देउवा केपी ओलीको सरकार ढाल्न चाहानु हुन्न हो ?

नचाहाने भन्ने होइन, हामी त ढाल्ने पक्षमा छौँ । केपी ओलीको सरकारले राम्रो गरेको छ भन्ने हाम्रो दृष्टिकोण होईन । हामी त केपी ओलीको सम्पुर्ण कामकारबाहीको बारेमा बिरोध जनाएका छौँ । असंवैधानिक कदमका विरूद्व हामीले विभिन्न खालका कार्यक्रम राख्यौँ । आखिर उहाँले चालेका कदम असंवैधानिक भन्ने ठहर अदालतले गर्यो । त्यसकारण केपी शर्माको हरेक कदम, हरेक क्रियाकलाप गैर–लोकतान्त्रिक र गैर–संवैधानिक भएको हुनाले उहाँलाई सत्तामा राखिरहने भन्ने सोच हाम्रो होईन ।

तर पनि पार्टी सभापति देउवाले त काँग्रेसले सरकारको नेतृत्व गर्दैन् र म प्रधानमन्त्री बन्दिनँ भनेर भनिसक्नुभएको छ नि त ?

उहाँले म प्रधानमन्त्री बन्दिनँ नै त भन्नुभएको होईन । प्रधानमन्त्रीको लागि म आँतुर छैन भन्नुभएको हो । राष्ट्रिय जनता पार्टी, नेपालपनि केपी शर्मा ओलीको पक्षमा दौडधुप गरिरहेको छ । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको छैन । अनि हामीले चाहीँ हतारमा हाम्रो पक्षमा बहुमत हुने सम्भावना देखिँदैन् । यस्तो अवस्थामा हामीले काम गर्दाखेरी सफल हुनेगरी काम गर्नुपर्यो नि त ।

त्यसो भए केपी शर्मा ओलीको नेतृत्वले चुनाव गराईदेओस भन्ने काँग्रेसको चाहना हो ?

त्यो होईन, केपी ओलीले चुनाव गराउँछन भन्ने नि छैन । दुई वर्ष बाँकी छन । चुनाव त नेपाली काँग्रेसको नेतृत्वमा हुने देखिन्छ । होलाजस्तो मैले अनुभव गरेको छु ।

त्यसो भए काँग्रेसको नेतृत्वामा सरकार बन्छ त ?

अन्ततः यो चुनाव निश्पक्ष ढङगबाट गर्नको निम्ति एउटा सबैले विश्वास गरेको लोकतान्त्रिक शक्ति हो । अहिलेसम्म नेपाली काँग्रेसले निर्वाचन गराउनकोलागि सरकारको नेतृत्व गरिराखेको छ । त्यसकारण चुनाव नेपाली काँग्रेसकै नेतृत्वमा गराउदा राम्रो होला भन्ने सबै पार्टीको विस्वास छ भन्ने मलाई लाग्छ ।

काँग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ? यसमा पार्टीभित्र असमझदारी छैन ?

केपी ओलीले चुनाव गराउँदापनि राम्रो होला भन्ने अरु पार्टीको दृष्टिकोण छ । त्यसले गर्दा पार्टी सभापति स्वयम सभापति हुनुहुन्छ भन्ने कुरा हिजोको दिनमा हाम्रो वरिष्ठ नेता रामचन्द्र पौडेलहरुले प्रस्ताव नै गरिसक्नुभयो त । संसदीय दलको नेता उहाँ आफै हुनुहुन्छ । जबसम्म दलको नेता उहाँ हुनुहुन्छ तबसम्म दलको नेताको नै दाबी हुन्छ । उहाँले चाहनुभएन भने अरु हुने कुरा त छँदैछ ।

त्यसो भए नेपाली काँग्रेस सरकारमा जान तत्काल आँतुर छैन ?

होईन, सरकारमा जानको लागि त परिस्थिति बन्नुपर्यो नि त । परिस्थिति अहिले बनिसकेको अवस्था छैन ।

काँग्रेसले अविश्वासको प्रस्ताव दर्ता गर्छ कि गर्दैन् ? काग्रेस महामन्त्री शशांक कोईरालाले त अबको दश दिनभित्र दर्ता हुन्छ भन्नु भएको छ ?

खोई, हाम्रो महामन्त्रीजीले के आधारमा भन्नुभयो ? मलाई त्यस्तो सहमति भएको थाहा छैन । किनभने एमालेभित्र पनि ध्रुविकरणको अवस्था सिर्जना भएको देखिन्छ । हिजो माधवकुमार नेपालजीहरुले राष्ट्रिय भेला गरेको छ । उता संसदीय दलको बैठक बोलाएर केपी ओली प्रक्रिया अगाडि बढ्नुभएको छ । एक–अर्कालाई कारबाही गर्ने भन्ने कुरा भैराखेको छ । एमाले पार्टीको आफनै पोजिसन के हो भन्ने कुरा के हो भन्नेबारेमा पनि थाहा छैन । माओवादी केन्द्रले पनि सकेसम्म मिलेर जाने भन्ने कुरा गरिराख्नु भएको छ । अन्ततः हामी कम्युनिष्ट एक हुन्छौ भनेजस्तो कुरा आईरहेको बेलामा माओवादी केन्द्रले विश्वासको मत पनि फिर्ता नलिएको अवस्थामा हामी अहिले कन्फ्युजनमा छौंँ ।

अब तपाँई के गर्नुहुन्छ ? ठ्याक्कै भन्नुहोस् त ?

नेपाली काँग्रेस आँफैले अविश्वासको प्रस्ताव दर्ता गर्दैन् । हामीले अविस्वसको प्रस्ताव दर्ता गर्दाखेरि हामीले हतार गर्नु राम्रो हुन्न । बाध्यतावस नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने भयो र अविस्वासको प्रस्ताव कुनै अरु पार्टीले दर्ता गरेन भने त्यतिबेला वर्तवान सरकारको विरोधमा त्यस्तो प्रस्ताव आयो भने त्यसबेला हामीले सोच्ने बेला त हो । अहिले हतारमा हाम्रो पार्टीले अविश्वासको प्रस्ताव दर्ता गर्दैन् । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार