काठमाडौंः सत्तारुढ दल नेकपा (एमाले) का बरिष्ट नेता माधव नेपाल समूह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् । अनेरास्ववियुको चैत १० गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।
अनेरास्ववियुको सह-अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् । उपाध्यक्षहरुमा यसु लामा, सुदिप शर्मा, युवराज कुँवर, कल्पना थापा, हिरेन्द्र शाही, लोकेश निरौला लगायत चयन भएका छन् ।
सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन पराजुली, दिपेश बराल, ऐन बिक्रम कुँवर लगायतका ३६ जना रहेका छन् । स्थायी कमिटीमा पुर्ण खड्का, हंश खनाल, न्युसन लामिछाने, अनिल कार्की, किसन भगत, अञ्जु गौतम लगायत चयन भएका छन् ।
अन्य पदाधिकारी तथा स्थायी कमिटी र केन्द्रिय सदस्यहरुको टुंगो लाग्न भने अझै बाँकी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया