श्रावण ६, २०८२ मंगलबार July 22, 2025

केपी ओलीलाई माधब नेपालको प्रति प्रश्न – ‘तपाँई नै ‘प्रचण्ड’काे मतियार हो भन्न सकिन्न र ?’ (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष लिखित स्पष्टिकरण दिएका छन् । बरिष्ट नेता नेपालले आज बिहिबार साँझ पार्टीले सोधेको स्पष्टीकरणको लिखित जवाफ पठाएका हुन् ।

स्पष्टीकरण जवाफमा नेता नेपालले पार्टी अध्यक्ष ओलीलाई तत्कालिन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ‘मतियार’ हो भन्न सकिने उल्लेख गरेका छन् ।

नेता नेपालले स्पष्टीकरणको जवाफमा लेखेको छन्, ‘यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाँईले पुष्पकमल दाहाल ‘प्रचण्ड’संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाँई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’

उनले अगाडी लेखेको छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधान र नीतिविपरीत तपाईंले उक्त प्रकार अनाधिकृत गतिविधि गरेकोमा त्यस्ता गलत कार्यलाई रोक्न पार्टीमा संस्थागत रुपमा भएका काम र तपाई स्वयंको हस्ताक्षरमा कार्यकारी अधिकार प्राप्त अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत संलग्न कार्यक्रममा मेरो सहभागितालाई कसैको ‘मतियार’ भएको देख्नु तपाईको व्यक्तिवादको अभिव्यक्ति मात्र हो।

यस्तो छ नेता नेपालले अध्यक्ष ओलीलाई पठाएको स्पष्टीकरणको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया