असार २१, २०८२ शनिबार July 5, 2025

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटा र हालै नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बिच बिहिबार शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत  H. E. Syed Haider Shah  लाई सफल कार्यकालको शुभकामना दिनु भएको छ ।
सभामुख सापकोटाले नेपाल र पाकिस्तानबिच ६१ बर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबिचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गर्नु भयो ।
उहाँले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीहरूले यसै बर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नु भएको न्यानो स्वागत र प्रदान गर्नु भएको हौसलाका लागि आभार व्यक्त गर्नु भयो ।
संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद्–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढीकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताउनु भयो । उहाँले दुई देशबिच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याउनु भयो ।
राजदूत H. E. Syed Haider Shah ले दुई देशबिच औपचारिक सम्बन्धले छ दशक पार गरेको र जनता–जनताबिच लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नु भयो । उहाँले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको भनाई छ ।
राजदूत हैदरले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापना कालदेखि नै अवलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार