असार २७, २०८२ शुक्रबार July 11, 2025

ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या तीन लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको छ ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । ब्राजिलका गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा तीन हजार २५१ जनाको मृत्यु भएको थियो ।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोना भाइरसबाट दुई हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।

यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आइसियुमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया