काठमाण्डौः पछिल्लो २४ घण्टामा २७ सय ४५ जनाको स्वाब नमूना परीक्षण गराउँदा ८५ जनामा कोरोना संक्रमित देखिएको छ।
यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ।
२४ घण्टामा थप ९३ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७२ हजार ४३५ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया