काठमाण्डौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज पुर्नवास नगरपालिकामा भइरहेको विकास निर्माण कार्यको अनुगमन गर्नु भएको छ ।
प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका विकास निर्माणका कार्यको उहाँले अनुगमन गर्नु भएको हो । अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले नगरपालिकाको–५ जोडने सडक निर्माणका लागि प्रतिवद्ध रहेको बताउनुभयो । “सडक निर्माणका लागि आवश्यक बजेट विनियोजन हुन्छ” उहाँले भन्नुभयो, “मेरै कार्यकालमा सडक निर्माण कार्यको थालनी हुन्छ ।
” प्रदेश सरकारले समग्र विकास निर्माणको कार्यलाई अगाडि बढाएको चर्चा गर्नु हुँदै उहाँले विकासका लागि जनअपेक्षा धेरै भएको बताउनुभयो । “जनअपेक्षा अनुरुप कार्य गर्नु प्रदेश सरकारको दायित्व हो” उहाँले भन्नुभयो, त्यो पूरा गर्छौँ । विकास विगतको तुलनामा फरक तरिकाले भइरहेको छ । परिणाम आउन केही समय पर्खनुपर्छ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया