काठमाण्डौंः जनमत पार्टीका प्रमुख डा. सिके राउतविरुद्ध नवलपरासी जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । राज्य विरुद्धको संगठित अपराधमा डा. राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला अदालतले आज (सोमबार) एक सूचना जारी गर्दै राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।
छुट्टै मधेसको माग गर्दै हिंसात्मक गतिविधि गरेर पृथकतावादी पहिचान बनाएका सिके राउतसँग सरकारले गत वर्ष चैत २४ गते ११ बुँदे सहमति गरेको थियो । उक्त सहमतिसँगै राउत मूलधारको राजनीतिमा कृयाशिल रहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया