काठमाण्डौंः सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट नेता माधव कुमार नेपाल र भीम रावललाई पार्टी सदस्यता समेत नरहनेगरी ६ महिनाका लागि निलम्बन गरेका छन्।
अध्यक्ष ओलीले पाटीको निती विपरित काम गरेको भन्दै दुवै जनालाई पार्टीका सबै जिम्मेवारीहरूबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
त्यसैगरी नेकपा एमालेले पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको छ ।
नेपाल र रावल कार्वाहीमा परेको पत्र पाएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेट्न कोटेश्वर पुगेका थिए । उनिहरुले करिब दुई घण्टा कोटेश्वरमा छलफल गरेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया