असार २४, २०८२ मंगलबार July 8, 2025

भूकम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाभूकम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अपाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताउनुभयो । गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।

गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिनुभएको छ । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ । पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । रु १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन÷फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ । भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत रु ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत रु एक लाख बुझेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्त
२०८२ असार २३, सोमबार