काठमाडौं: नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट छ महिनासम्म निलम्बन गरेपछि मंगलबार आकस्मिक रुपमा राजधानीमा बसेको नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठकले काउन्टर दिँदै देशभर समानान्तर कमिटी ब्युँताउने निर्णय गरेको छ।
खनाल-नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुष्प्रयास भएको आरोप समेत लगाएको छ ।
बैठकले दुई नेताको कारवाहीलाई ओलीको स्वेच्छाचारिता र निरंकुश प्रवृतिको उत्कर्ष ठहर गर्दै कम्युनिस्ट आन्दोलन र एमालेलाई जोगाउन ओलीको प्रतिवाद गर्दै अघि बढ्ने निष्कर्ष निकालेको छ ।
त्यस्तै, ओलीको कारवाही व्यक्ति विशेष नभएर सिंगो समूहमाथिको कारवाही भएकाले त्यसको संस्थागत रुपमै विरोध गर्नुपर्ने भन्दै ११ नेताले संयुक्त वक्तव्य निकालेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया