काठमाण्डौंः नेकपा एमालेले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेको छ ।
नेकपा एमालेले नेताद्वयको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपमहासचिव भुसाल र स्थायी समिति सदस्य पाण्डेलाई ६ महिनाका पार्टीबाट निलम्बन गरेका हुन् ।
प्रधानमन्त्री अोलीले हस्ताक्षर गरेको पत्रमा स्पष्टिकरण समयमा नदिएको, आत्मआलोचना नगरेको, स्पष्टिकरण पत्रमा अहंकार देखाएको, आफ्नो स्वार्थका लागि जनता र पार्टीको हितलाई क्षति पुर्याउन तयार रहेको, आपराधिक मनोवृति देखिाएको, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतीको बाटोमा पार्टीलाई समाहित हुने, पुराना गल्तीलाई स्वीकार गर्नुको साटो उल्टै स्पष्टिकरण सोध्ने काम गरेकाले निलम्बन गरिएको उल्लेख छ ।
यसअघि पार्टीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया