काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन माग गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको निवेदन पुनरवलोकन नगर्ने सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगाना सम्मिलित संयुक्त इजलासले बिहिबार त्यस्तो आदेश गरेको हो।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको पार्टीलाई आफ्नै पार्टीको नाम दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २३ फागुनमा नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषिराम कट्टेल नेतृत्वको पार्टीको हुने र एमाले तथा माओवादी केन्द्र पार्टी एकीकरण पूर्वको अवस्थामा ब्युँतने आदेश गरेको थियो।
न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले गरेको त्यस्तो आदेशविरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १७ चैतमा सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका थिए। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज दाहालको निवेदनमा पुनरावलोकन नगर्ने आदेश जारी गरेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया