असार २१, २०८२ शनिबार July 5, 2025

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा. चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उहाँहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो । उक्त १० दिन आज पूरा भएको छ ।

बैठकले उहाँहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ । न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा. चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार