असार २४, २०८२ मंगलबार July 8, 2025

कानुन संकायको पुनः प्रवेश परीक्षा नलिन उच्च अदालतको अन्तरिम आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानुन संकाय अन्तर्गत बीए एलएलबीको पुनः प्रवेश परीक्षा नगराउन उच्च अदालत सुर्खेतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

विद्यार्थीहरुको माग अनुसार सो परिक्षा रद्द गर्न उच्च अदालत सुर्खेतका न्यायाधीश राजेन्द्र खरेलको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

विश्वविद्यालयको कानुन संकायको केन्द्रीय क्याम्पसले स्नातक तह बीएएलएलबी अध्ययनका लागि गत फागुन १७ गतेदेखि १९ सम्म प्रवेश परीक्षा लिएको थियो । तर, उक्त प्रवेश परीक्षा विवादित भएपश्चात् विश्वविद्यालयको कार्यकारी परिषद्ले नतिजा समेत रद्द गरी चैत २२ गतेका लागि पुनः प्रवेश परीक्षा तोकेको थियो ।

विद्यार्थीले पहिलेकै प्रवेश परीक्षाको नतिजालाई मान्यता दिन र पुनः प्रवेश परीक्षा रोक्न माग गर्दै कार्यकारी परिषद्को निर्णयविरुद्ध प्रवेश परीक्षा उतीर्ण भएका विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दिएका थिए । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया