श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सरकारको गठनका लागि अग्रसरता लिने कांग्रेस शीर्ष नेताबीच सहमति : केन्द्रीय समिति बैठक जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताबीच पार्टी नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको छ । शुक्रबार दिउँसोका लागि बोलाइएको केन्द्रीय समिटी बैठकअघि भएको शीर्ष नेताको छलफललले सरकार गठनका लागि अग्रसरता लिने सहमति भएको हो।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताको छलफलको छलफलले सरकार गठनका लागि अग्ररता लिने सहमति गरेको हो । शीर्ष नेताले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै पार्टीको नेतृत्वमा सरकार गठनको अग्रसरता लिने सहमति भएको एक नेताले जानकारी दिए।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । केन्द्रीय कार्यालय सानोपमा साँझ ८ बजे शुरु भएको उक्त बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल भइरहेको छ । दिउँसो २ बजे बोलाइएको बैठक झण्डै ६ घण्टापछि शुरु भएको हो । पार्टीको आगामी कदमबारे कार्यसमितिका पदाधिकारीहरुबीच अनौपचारिक रुपमा दिउँसो छलफल चलेको थियो । उक्त बैठक सभापति देउवाको सभापतित्वमा जारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया