श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एउटै कार्यदिशा बनाउन विप्लव र वैद्य माओवादी कार्यदलबीच छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक सकिएको छ । कम्युनिस्ट पार्टीको एकीकरण एवम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा बनाउन दुबै दलद्धारा गठित कार्यदलको बैठक राजधानीमासम्पन्न भएको हो ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता खड्ग बहादुर बिक (प्रकाण्ड) र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य  गौरब र बसन्त सहभागी भएको बताइएको छ।

आईतबारको नेपालको कम्युनिस्ट आन्दोलन, बिश्व परिवेस, नेपालको बर्तमान परिस्थिति, नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा बैज्ञानिक समाजवाद र सैन्य कार्यदिशा लगायतका विविध क्षेत्रमा पार्टीले गरेको बिकास बारे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र मिलनले आफ्नो बिचार राखेको बताईएको छ ।

उक्त बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)को नीति, नेपाल कम्युनिस्ट पार्टीले राखेको बिषयबस्तु र बैठकको सुन्दरभाब लगायतका बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य गौरब र बसन्तले आफ्नो बिचार राखेका थिए ।

आजको बैठकको छलफल प्रभाबमुलक र सकारात्मक रहेको र दुबै कार्यदलले आ-आफ्नै पार्टीमा छलफल गरी छिट्टै बस्ने आगामी बैठकमा रणनैतिक संयुक्त मोर्चाको बिषयमा छलफल हुने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार