काठमाडौंः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेता पौडेल अध्यक्ष ठाकुर भेट्न उनको निवास हात्तीवन पुगेका थिए । उनीहरुबीच समसामयिक राजनितिक घटनाक्रमबारे करिब एक घण्टा छलफल भएको थियो ।
शुक्रबार काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग छलफल गरेका हुन् । ओली सरकार विस्थापनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजबादी पार्टी (जसपा)बीच गठबन्धन हुन जरुरी छ ।
प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका ठाकुरलाई आफ्नाे मोर्चामा सामेल गराउने उद्देश्यले पौडेल हात्तीवनमा पुगेको बताईएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया