काठमाडौंः कर्णाली प्रदेश सरकारका नेकपा (एमाले) का तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।
नेकपा एमालेले माओवादी केन्द्रलाई दिएकाे समर्थन फिर्ता लिएपछि सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले सामुहिक राजिनामा बुझाएका हुन् ।
एमालेबाट प्रदेश सरकारमा सहभागी आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।
राजीनामा दिनुभन्दा अघि एकपटक मन्त्रिपरिषद बैठक राख्न मुख्यमन्त्री शाहीले आग्रह गरेबमोजिम मन्त्रीपरिषद् बैठक बसेकाे थियाे । एमाले संसदीय दलको बैठक आज बस्दैछ ।
कर्णाली प्रदेशमा ४० सांसद छन् । सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया