श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमालेको खनाल–नेपाल समूहद्वारा बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा एमालेको खनाल- नेपाल समूहले बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गरेको छ ।

आज मंगलबार खनाल–नेपाल समूहले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको हो । नेता नेपालले आजै १ सय ७५ सदस्यीय प्रदेश कमिटीको शपथ ग्रहण गराएका छन् ।

कमिटीको सह-संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् । त्यस्तै, सचिवमा रचना खड्का चयन भएकी छन् ।

अन्य सदस्यहरुमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी लगायत रहेका छन् । १ सय ७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने बताइएको छ ।

काठमाडौंमा यसअघि नै वसन्त मानन्धरको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार