असार २१, २०८२ शनिबार July 5, 2025

लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशन मङ्गलवारदेखि अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन मङ्गलवारदेखि अन्त्य भएको छ । चैत १८ गतेदेखि शुरु भएको अधिवेशन जम्मा ५ दिन मात्र बसेको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले मङ्गलवार राती १२ बजेदेखि लागु हुनेगरी प्रदेशसभाको चालु सातौँ अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभएको छ ।
यसैबिच माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई सांसदको पद खारेज भएको छ । रुपन्देही क्षेत्र नम्बर १(२) निर्वाचित दधिराम न्यौपाने र गुल्मी क्षेत्र नम्बर २(२)बाट निर्वाचित दिनेश पन्थीलाई माओवादी केन्द्रले कारबाही गरेको थियो ।
सर्वोच्च अदालतले नेकपा खारेज गरी माओवादी केन्द्र र नेकपा एमाले ब्युँताइदिए पछि न्यौपाने र पन्थी एमालेमा प्रवेश गर्नुभएको थियो । मङ्गलवार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा नियमावली २७४ को नियम (९) तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा क र ख एवं ३२ को उपदफा खण्ड ख बमोजिम सांसद पद रिक्त रहेको जानकारी गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार