श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सुदूरपश्चिमका आठ जिल्लामा एमालेको समानान्तर कमिटी बन्यो – दार्चुलामा बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेको खनाल-नेपाल समूहले सुदूरपश्चिमका जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ । मंगलबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले प्रभावशाली नेता भीम रावलको संयोजकत्वमा आठ जिल्लामा कमिटी गठन गरेको हो । दार्चुलामा भने समानान्तर कमिटी बनाउन बाँकी रहेको उक्त समुहले जनाएको छ ।

कैलाली अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेरबहादुर कुँवर, बझाङमा दिलबहादुर सिंह र बाजुरामा गगन रावललाई जिम्मेवारी दिइएको छ ।

कैलाली अध्यक्षमा चयन भएको सोडारी तत्कालीन नेकपामा हुँदा कारबाहीमा परेका नेता हुन् । ओली समुहबाट अलग भएको प्रचण्ड- नेपाल समुहको पुस ७ मा बसेको नेकपाको केन्द्रीय बैठकले सोडारीको कारबाही फुकुवा गरेको जनाएको थियो ।

मंगलबार मात्रै वागमती प्रदेशका जिल्लामा समानान्तर कमिटी बनाएको सो समहुले सुदूरपश्चिममा पनि आफू पक्षीय नेतृत्वमा नयाँ कमिटी चयन गरेको हो । नयाँ जिम्मेवारी पाएकाहरुको बारेमा कमिटीको विस्तारित स्वरूपबारे केही दिनमै पत्रकार सम्मेलन गरेर जानकारी दिईने बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार