असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षक र विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि पाँच दिन विद्यालय बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही हफ्तादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेको भन्दै विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको हो ।

विद्यार्थी र शिक्षक धमाधम बिरामी परेपछि स्वास्थ्य जोखिमलाई मध्यनजर गरेर संक्रमणबाट जोगिन ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् ।

विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ज्वरो र ठेउलाले ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको सो विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले बताइन् ।

वायू प्रदूषण, दूषित हावापानीका कारण र सरसफाइमा उचित ध्यान नदिँदा उक्त ज्वरो र ठेउलाको संक्रमण देखिएको त्यहाँको स्वास्थ्य चौकीले जनाएको छ । तसर्थ, रोग सरुवा संक्रमण भएकाले संक्रमण फैलन नदिन पठनपाठन बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक राईले जानकारी दिईन् । एजुकेशन खबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया