श्रावण ६, २०८२ मंगलबार July 22, 2025

निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट हटाउन सकिनेः नेता नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले पार्टीका निर्वाचित पदाधिकारीलाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताएका छन् ।

नेकपा (एमाले) मोरङ जिल्ला कमिटीद्वारा आज विराटनगरमा आयोजित अगुवा कार्यकर्ता भेला पार्टी एवं पुनर्गठन कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्वले आफूखुशी कमिटी गठन, बैठक र विस्तार गर्ने गरेकाले यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले नेतृत्वका कारण कार्यकर्ताहरुको मनोबल खस्केको आरोप लगाउँदै कम्युनिष्ट आन्दोलन जोगाउन पार्टी जिल्ला अभियानको दौडाहामा लागेको जानकारी दिए। उनले पार्टीका ६५ जिल्लामा कमिटी पुनर्गठन भइसकेको जानकारी दिँदै चाँडै ३२ भ्रातृ सङ्गठनको राष्ट्रिय भेलाको आयोजना गरी जनताको पार्टीप्रतिको आशा एवं विश्वास जगाउने कार्य भइरहेको बताए ।

कार्यक्रममा युवा नेताहरु जगन्नाथ खतिवडा, जीवन घिमिरे, धनेन्द्र बस्नेत, डा देउमान सम्वाहाम्फे र महेश रेग्मीलगायतले पार्टी विधि, विधान र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए।

सोही अवसरमा नेता नेपालले चन्द्रवीर राईको  अध्यक्षतामा ३२५ सदस्यीय मोरङ जिल्ला कमिटी र पारुल क्षेत्रको अध्यक्षमा १७५ सदस्यीय विराटनगर महानगर कमिटी पुनर्गठन गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार