असार २८, २०८२ शनिबार July 12, 2025

तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने – परिस्थिति हेरेर निर्णय लिने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद् बैठकले तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आज (सोमबार) साँझ बसेको बैठकले कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री एवम् सीसीएमसी संयोजक ईश्वर पोखरेलको सहभागितामा हिजो (आइतबार) बसेको कोरोना संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)ले तीन साताका लागि शिक्षण संस्था बन्द गर्न सरकारलाई सिफारिस गरेकोमा आज साँझ बसेको बैठकले शिक्षण संस्था साथै कुनै पनि क्षेत्र तत्काल बन्द नगर्ने निर्णय गरेको हो ।

सरकारले कोरोना भाइरसको दोस्रो लहरबाट सर्वसाधारणमा जोखिम कम गर्न पहिलो चरणमा नयाँ मापदण्डको बारेमा जनतालाई सार्वजनिक रुपमा अपिल गर्नेबारे पनि आजको बैठकमा छलफल भएको छ ।

संयोजक पोखरेलले सरकारका तर्फबाट मंगलबार (भोलि) सार्वजनिक सञ्चारमाध्यममार्फत देशबासीलाई कोरोना सचेतना र नयाँ मापदण्ड पालनाबारे अपिल गर्ने भएका छन् ।

कोरोनाको नयाँ प्रजातिबाट पछिल्लो समय देखिएको संक्रमणले सिर्जना गर्नसक्ने समस्या विषयमा मन्त्रिपरिषद् बैठकले छलफल गरेको छ ।

‘अहिले देखिएको समस्याको समाधान लकडाउन मात्रै नहुनसक्छ । केही नयाँ विकल्पबारे बैठकमा छलफल भयो । तर निष्कर्षमा पुग्न सकिएन,’ बैठकमा सहभागी एक मन्त्रीले भने, ‘शिक्षण संस्था, सार्वजनिक यातायातलगायत कुनै पनि क्षेत्र तत्काल बन्द गरिने छैन ।’

दोस्रो लहरको संक्रमणले विद्यालय उमेरका बालबालिका र किशोर–किशोरीहरु बढी संक्रमित देखिएकाले विज्ञहरुले दिएको सुझावका बारेमा पनि बैठकमा छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया