श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भीम रावल सिध्याउन यतिसम्म गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले पार्टीको ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै भीम रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

नेता रावलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा पार्टीको खातामा रहेको ३० लाख रुपैयाँ झिकेको भन्दै अध्यक्ष थापाले मुद्दा दर्ता गर्ने तयारी गरेका हुन् । उक्त रकम व्यक्तिको खातामा भेटिएको अध्यक्ष थापाले जानकारी दिए ।

उनले कार्यालय सचिव दिनेशचन्द्र भण्डारीको खातामा ३० लाख रुपैयाँ रकम फेला परेको बताए । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ खाता नम्बरबाट ३० लाख रुपैयाँ झिकेको खुलेको हो ।

उक्त रकम तत्कालिन सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षरबाट रावलको निर्देशनमा उक्त रकम झिकिएको थापाको आरोप छ । उनले रावलसहित चौधरी, सुवेदी र कृषि विकास बैंकविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसअघि नेकपा एमालेको माधव नेपाल समूहले सुदूरपश्चिम प्रदेशका अध्यक्ष थापालाई कारबाही गरेको थियाे ।

भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले थापालाई पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी, पार्टी कार्यालय तोडफोड र गुन्डागर्दी गरेको भन्दै कारबाही सिफारिस गरेकाे थियाे । काठमाण्डौंपाटीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानी हक्की टिमले भारतमा एसिया कप नखेल्ने, भन्यो, ‘सुरक्षा ग्यारेन्टी छैन्’
२०८२ श्रावण ६, मंगलबार
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार