श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेसद्वारा सिमानामा चेक र क्वारेन्टिनको व्यवस्था गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेक र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नसमेत माग गरिएको छ । कांग्रेसले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित सङ्क्रमितलाई लक्षित गरी पिसिआर परीक्षण दायरालाई व्यापक बनाउन, कोभिड–१९ विरुद्धको आमजनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन र  खोप आपूर्ति सुनिश्चितताका लागि उच्च कूटनीतिक पहल गर्नसमेत सुझाव दिएको छ ।

स्वास्थ्यकर्मीको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन, अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्यामा देखिएको कमीलाई तत्काल परिपूर्ति गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुलुकले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै कांग्रेसले वर्तमान परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।

सहमहामन्त्री डा महतले कोभिड–९ का कारण २०७८ सालमा सङ्कटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई अनिवार्य मास्क लगाउने, स्यानेटाइजर र साबुनपानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै सङ्क्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार