असार २९, २०८२ आइतबार July 13, 2025

प्रधानमन्त्रीले शनिबार बोलाए सर्वदलिय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन् ।

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्नुअघि शनिवार (भोलि) बिहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक राख्ने विषयमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ ।

प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रममा छोटो मन्तव्य दिएर हिँडेका प्रचण्डसँगको टेलिफोनमा भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया