श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ओलीलाई बोकेर हिँड्नेहरुलाई आफूहरुले काँध थाप्न सकिँदैनः अध्यक्ष केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमनत्री केपी ओलीलाई बोक्नेहरुलाई काँध थाप्न नसकिने बताएका छन् । गण्डकी प्रदेश सरकारलाई आफ्नो पार्टीले दिएको समर्थन फिर्ता लिएको चर्चा गर्दै केसीले ओलीलाई बोक्नेहरुलाई आफूहरुले समर्थन दिन नसक्ने स्पष्ट पारेका हुन् ।

शुक्रबार बुटवलमा अखिल नेपाल जनजाति सम्मेलन लुम्बिनी प्रदेश समिति र जातीय समता समाज लुम्बिनी प्रदेश समितिको ३४औँ संयुक्त स्थापना दिवस कार्यक्रममा अध्यक्ष केसीले ओलीको कदम एक पछि अर्को झन् झन् गणतन्त्र विरोधी, राष्ट्रको हित विपरीत, तानाशाही र स्वेच्छाचारी हुन थालेको बताए ।

आफ्नै काँध गन्हाएपछि अब ओलीलाई अगाडि बोकेर जान नसकिने उनको भनाई थियो । वामपन्थी एकता छाडेर नेका समेतको गठबन्धन तिर लागेको आरोप लगाउने हरूले ओली सरकारले मात्र हैन उनका मुख्यमन्त्रीहरूले पनि ओलीका प्रत्येक गलत कदमलाई साथ दिएको र कहिल्यै पनि राष्ट्रियता र गणतन्त्रको रक्षा तथा भ्रष्टाचार रोक्न राम्रो सल्लाह दिनुको सट्टा सरकारका सबै कार्यमा सहयात्री बनेको बताए  ।

अब पनि देश र गणतन्त्र लाई धरापमा राख्नेहरूलाई प्रदेशमा समर्थन गर्न नसकिने उनको भनाई थियो । यसको विकल्पमा आउने सरकार सकारात्मक नै हुने छ भन्ने दावा गर्न नसकिए पनि ओलीको प्रत्येक कदम प्रतिगामी दिशामा लक्षित भएको भन्दै देश र जनतालाई दुर्घटनामा लैजाने प्रयत्न रोक्नुको विकल्प नभएको बताए  ।

बर्तमान गणतन्त्रले जनताका आधारभूत समस्या हल गर्दैन तैपनि यो स्थापना गर्न नेपाली जनताको झण्डै १०० वर्षको संघर्षको परिणाम हो ।राजावादीको साथ साथै ‘वामपन्थी’हरूबाट पनि यो गणतन्त्रमाथि लगातार हमला भैरहेको उनले बताए ।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंह, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कार्यवहाक महासचिव उषा पुन, जातीय समता समाजका केन्द्रीय अध्यक्ष राजेश विकले स्थापना दिवसको इतिहास र महत्त्व वारे प्रकाश पारेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार