श्रावण ६, २०८२ मंगलबार July 22, 2025

प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा गोप्य भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ट नेता माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्ड बालुवाटार नछिर्ने बताईरहेको बेला प्रधानमन्त्रीले डाकेको बैठकमा नपुग्दै उनीहरुबीच कोटेश्वरस्थित चन्द्रलाल श्रेष्ठको घरमा शनिवार बिहान भेटवार्ता भएको हो । नेता नेपाल आज बिहान झापाबाट फर्किएलगत्तै भएको भेटवार्तामा माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाश पनि सहभागी थिए ।

श्रोतका अनुसार भेटमा पछिल्लो राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आजै बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । त्यसअघि नेपाल र प्रचण्डबिच गोप्य वार्ता भएको हो ।

ओलीले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेका प्रचण्डले एमालेबाट निलम्बित नेता नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार