श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘सत्य र न्यायको पक्षमा उभिनेलाई जनताले साथ दिन्छन् : अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्य, न्याय, राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनेलाई जनताले साथ दिने बताएका छन् ।

अखिल नेपाल शिक्षक सङ्गठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्को आज उद्घाटन गर्दै उहाँनले जनताको एजेण्डा बोकेका कारण आफूहरूलाई जनताको साथ प्राप्त भएको उल्लेख गरे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आफूहरूको कारणले आएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले ठूलो सङ्घर्ष र बलिदानपछि बनिएको संविधान र कम्युनिष्ट आन्दोलनको व्यापक ध्रुवीकरण र एकतालाई जनताले गरेको अनुमोदनबाट राजनीतिक स्थिरता प्राप्त हुनेछ भन्ने विश्वास लिएको पनि बताए । आफूहरू यतिबेला सरकार गठन, पुनःगठनको प्रक्रियामा रहेको उनको भनाइ थियो । उनले भने, “हिजोमात्रै कर्णालीमा के समस्या थियो, कहाँ गएर टुङ्गियो रु तपाईँहरूले थाहा पाइसकेका छन् । अब अस्तिमात्रै गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।”

अध्यक्ष दाहालले भने, “लुम्बिनीमा पनि सरकार परिवर्तनका लागि करिब–करिब बहुमतको हस्ताक्षर सङ्कलन भइसकेको छ । अब केन्द्रमा यो अन्योलता र अराजकताको स्थिति अन्त्य गर्नका लागि हामीले केन्द्रीयस्तरमा पनि लगातार पहल गरेका छौँ । म यहाँबाट त्यही प्रक्रियामा सामेल हुन बैठकमा जाँदै पनि छु ।”

जनयुद्धको शुरुआत ६५ जनाबाट भएको स्मरण गर्दै उनले १० वर्षको अवधिमा देशमा राजनीतिक परिवर्तन भएको बताए । माओवादीप्रति भ्रम फैलाउने काम भइरहेको भन्दै उनले कोही भ्रममा पर्न आवश्यक नरहेको पनि बताए । माओवादीप्रति जनतामा विश्वास नटुटेको उनको भनाइ थियो । अध्यक्षले भने, “केही मानिसले माओवादी सिद्धियो, प्रचण्ड सिद्धियो भनेर भ्रम छर्ने काम गरेका छन् । दिग्भ्रमित पार्ने काम भएको छ । जनतामा त्यस्तो छैन ।”

आफूले देशका विभिन्न स्थानमा जनताको अपार माया पाएको उल्लेख गर्दै उनले भने, “हाम्रो मुद्दाप्रति जनताको विश्वास र भरोसा टुटेको हो त रु तल जाँदा जनतामा त्यस्तो पाइनँ । किन हाम्रो नेतृत्व हामीकहाँ आउँदैन रु भनेर गुनासो रहेछ ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार
ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौं : ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ६, मंगलबार