काठमाण्डौः पछिल्लो २४ घण्टामा ५३ सय ३३ जनाको RT र PCR परीक्षण गराउँदा ७६८ जनामा कोरोना संक्रमित देखिएको छ।
यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ जना पुगेको छ।
२४ घण्टामा थप २२६ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७५ हजार ३८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको मन्त्रालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया