श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमालेले गर्‍यो कर्णाली प्रदेशका तीन जना सांसदलाई कारबाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीले आफ्ना तीन जना सांसदलाई पार्टीबाट निष्कासित गरेको छ ।

एमाले कर्णालीको आज सुर्खेतमा बसेको बैठकले प्रदेश सभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा ह्विप उल्लङ्घन गर्दै ‘फ्लोर क्रस’ गरेर मतदान गर्ने सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको हो ।
ह्विप उल्लङ्घन गरी गद्दारी गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरिएको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले बताउनुभयो ।
उहाँले पार्टीको ह्विप उल्लङ्घन गर्ने अर्का सांसद प्रकाश ज्वालालाई पनि निष्कासन गर्न केन्द्रलाई पत्र पठाउने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाई उनीहरूमाथि २०७८ वैशाख ३ गतेदेखि लागु हुने गरी कारबाही गरिएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार
नेपाल स्वतन्त्र र स्वाधीन रहनुपर्छ भन्ने बिपी कोइरालाको स्पष्ट धारणा थियो : नेता सिटौला
२०८२ श्रावण ६, मंगलबार
प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै
२०८२ श्रावण ६, मंगलबार
भूकम्पपीडितका लागि स्थायी आवास र पुनर्निर्माणमा सरकार सशक्त ढंगले लागेको छ : गृहमन्त्री
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रिय सभा बैठक : तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग
२०८२ श्रावण ६, मंगलबार
श्रीलङ्काले आपराधिक सम्बन्धमा प्रहरी प्रमुखलाई बर्खास्त गर्ने
२०८२ श्रावण ६, मंगलबार