श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ ।

कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८४ हजार ६ सय ७३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर ६ हजार २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय ३५ जना छन् । काठमाडौंमा ३ सय २६, ललितपुरमा ६४ र भक्तपुरमा ४५ जनामा संक्रमण देखिएको छ ।

संक्रमण ह्वात्तै बढेलगत्तै चिकित्सकले सतर्क र सजग रहन आग्रह गरेका छन् । नेपालमा हाल यूके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएका छन् । यी भेरियन्ट पहिलेको स्वरूपभन्दा छिटो फैलिनुका साथै बालबालिका र युवामा बढी संक्रमण हुने पाइएको छ ।

कतिपय बालबालिकामा लक्षण नदेखिए पनि रोग भएको भए अन्य व्यक्तिमा सार्न सक्ने बताइएको छ । विश्वका कतिपय देशमा बालबालिकामा बिरामीको समयभन्दा पनि रोग लागेको चारदेखि ६ सातापछि मल्टिसिस्टम इन्फ्लाममेटरी सिन्ड्रम इन चिल्ड्रेन (एमआईएससी) भई बच्चा सिकिस्त हुन सक्ने बाल रोग विशेषज्ञहरू बताउँछन् । चिकित्सकहरूका अनुसार एमआईएससीको लक्षणमा ज्वरो, कडा झाडापखाला, बढी पेट दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने, मुटुमा समस्या देखिने नयाँ भेरियन्टका लक्षण रहेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना जोखिम बढेको भन्दै यसको चपेटामा बालबालिका रहेको बताए । उनले भने, ‘भाइरसले कोर्स चेन्ज गरेको छ । बालबालिकासहित सबै उमेर समूहका नागरिक चपेटामा परेका छन् । बालबालिकाप्रति सरोकारवाला निकाय संवेदनशील हुनुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट बच्न भौतिक दूरी कायम, मास्कको समुचित प्रयोगलाई ध्यान दिनुपर्ने बताए ।

नेपाल पेडियाट्रिक सोसाइटीका अध्यक्ष डा. कृष्णप्रसाद विष्टले अति आवश्यक कामबाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान आग्रह गरे । अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालयले समेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पूरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुपर्ने बताए ।

गत २४ घण्टामा २ सय ६२ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ३ सय पुगेको छ । यस्तै, देशभर ८५ जना क्वारेन्टाइनमा रहेका छन् । देशभर १ सय १६ जना आईसीयू र ४६ जना संक्रमित भेन्टिलेटरमा उपचारत छन् ।

गत २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ । हाल देशभर १ सय ६२ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत १ सय १६ जना आईसीयू र ४६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

प्रदेश एकमा सात जना आईसीयूमा र एक जना भेन्टिलेटरमा, प्रदेश २ मा सात जना आईसीयू, बागमती प्रदेशमा ६० जना आईसीयू र २८ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा तीन जना आईसीयू र एक जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आईसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा ६ जना आईसीयू र दुई जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा तीन जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । १ सय ८९ जना आइसोलेसनमा छन् ।

एकै दिन १ सय १२ बालबालिका संक्रमित

आइतबार १ सय १२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार शून्यदेखि नौ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म १८ वर्षमुनिका बालबालिकाहरूलाई कुनै खोप सिफारिस नगरिएकाले बालबालिका प्रताडित हुन सक्ने देखिएको छ । त्यसैले, बालबालिकालाई संक्रमण हुनबाट बचाउन चिकित्सकले सल्लाह दिएका छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार